रिसाएका सिंहिनीहरुले सिंहलाई एक्लो पारेर जीवनभरको लागि नपुंसक बनाइदिए (तस्वीरहरु)

डिसी नेपाल
११ माघ २०७८ १२:२५
4.1k
Shares

काठमाडौं। शावकसँगबाट उसको खाना खोस्ने कोसिस गर्नु एउटा सिंहको लागि निकै भारी परेको छ । सिंहिनीहरुको एक झुण्डले उसमाथि आक्रमण गरे । यो आक्रमणमा सिंह गम्भीर रुपमा घाइते भएको छ । उसले आफ्नो एउटा अण्डकोष पनि गुमाएको छ ।

डेलीमेलको रिपोर्टअनुसार सिंह र सिंहिनीहरुबीचको यो युद्ध हालै केन्याको मासाइ मारा राष्ट्रिय निकुञ्जमा भएको हो । यहाँ मान्देभो नामको एउटा सिंहले सिंहिनीहरुले गरेको शिकार खोन्े कोसिस गरिरहेको थियो । सिंहिनीहरुको एउटा झुण्डले भैंसीको शिकार गरेका थिए ।

सिंहिनीहरुले शिकार गरिसकेपछि त्यसलाई आफ्ना ११ वटा शावकलाई खान दिएका थिए । यो खाना मान्देभोले खोस्ने कोसिस गरेको थियो । मान्देभोले शिकार खोस्न लागेको देखेपछि सिंहिनीहरुले उसमाथि आक्रमण गरे । मान्देभो पनि सिंहिनीहरुसँग भिड्यो तर एक्लो मान्देभोले सिंहिनीहरुको समूहको मुकाबिला गर्न सकेन ।

यो लडाइँमा मान्देभो गम्भीर रुपमा घाइते भयो । सिंहिनीहरुले उसको अण्डकोष क्षतिग्रस्त बनाइदिएका छन् । सिंहनीको आक्रमणमा परेर घाइते भएको मान्देभोको उपचारको क्रममा डाक्टरहरुले उसको ज्यान बचाउनको लागि उसको एउटा अण्डकोष निकालिदिनु परेको छ । यससँगै अब मान्देभो बच्चा जन्माउनको लागि असमर्थ भएको छ ।

७१ वर्षका फोटोग्राफर ग्रेन सोवरबीले यो खुनी युद्धलाई आफ्नो क्यामेरामा कैद गरेका हुन् । उनी प्रायः आफ्ना साथीहरुसँग फोटोग्राफीका लागि त्यहाँ गइरहन्छन् । उनले नै यो घटनाबारे रेन्जरहरुलाई बताएका थिए । त्यसपछि रेन्जरहरुले घाइते सिंह मान्देभोलाई उद्धार गरेर उपचारको लागि लिएर गएका थिए ।

फोटोग्राफर सोवरबीका अनुसार सिंह र सिंहिनीहरुको यो युद्धका क्रममा उनीहरु गजिएको आवाज एफ वन कारको जस्तो आइरहेको थियो । यो देखेर एक पलको लागि उनी आफैं पनि निकै त्रसित भएका थिए । सर्जरीपछि मान्देभोले अहिले स्वास्थ्यलाभ गरिरहेको छ । उसलाई अझै केही समय डाक्टरहरुको निगरानीमा राखिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *