‘पुष्पा’ फिल्मको दृश्य वास्तविकतामै देखियो, ५८ जना पक्राउ

डिसी नेपाल
११ माघ २०७८ १२:५१

काठमाडौं, दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ मा देखाइएको जस्तै दृश्य वास्तविकतामै देखिएको छ । नेल्लोर पुलिसले रक्तचन्दनको तस्करीमा संलग्न रहेको आरोपमा ५८ जनालाई पक्राउ गरेको छ । पुलिसले संरक्षित जंगलमा रक्तचन्दनका रुख काट्ने काममा संलग्न ५५ जना मजदुर र तीन जना तस्करहरुलाई पक्राउ गरेको छ ।

सुराकीको आधारमा कारवाही गर्दै आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट पक्राउ गरेको हो । जानकारीका अनुसार पुलिसले अपवैध रुख कटानीमा संलग्न तस्कर र मजदुरलाई पक्राउ गर्ने प्रयास गर्दा उनीहरुले पुलिस टिममाथि ढुङ्गा र बञ्चरोले आक्रमण गरेका थिए । पुलिस टिममाथि ठिक यस्तै गरी आक्रमण गरिएको दृश्य पुष्पा फिल्ममा पनि देखाइएको छ । उनीहरु आफ्नो वाहनमा भाग्ने प्रयास पनि गरेका थिए तर पुलिसले सतर्कतापूवृक उनीहरुलाई पक्राउ गरेको छ ।

नेल्लोरका एसपी विजया रावका अनुसार मुख्य तस्कर भेलोर दामू चित्तुर जिल्लाको बीबीपुरकमा हुन् । उनी पुडुचेरीका कुपन्ना सुब्रमन्यमको सम्पर्कमा थिए । उनले यो तस्करीका आफ्ना साला राधाकृष्णनलाई पनि संलग्न गराएका थिए । तस्करहरु २० जनवरीमा मजदुरहरुको साथमा नेल्लोर जिल्लाको गुडुर गएका थिए त्यसपछि रापुरको जंगलमा रक्तचन्दनका रुख काटेका थिए । २१ तारिकमा उनीहरुले काठ ट्रकमा भरेर तमिलनाडु फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *