एकचोटी फोन गरेको भरमा बैंकबाट ४ अर्ब रुपैयाँ लुटपाट !

डिसी नेपाल
११ माघ २०७८ १४:२१
136
Shares

काठमाडौं। व्यवसायका मालिकले आफ्ना फाइनान्सियल म्यानेजरलाई फोन गरेर पैसा कुनै खातामा पठाउनु भन्नु निकै सामान्य कुरा हो । यस विषयमा फाइनान्सियल म्यानेजरले आफ्ना मालिकसँग कुनै प्रतिप्रश्न पनि गर्दैनन् । तर, यदि फोन गर्ने व्यक्ति वास्तवमा मालिक नै होइन र फाइनान्सियल म्यानेजरले गलत खातामा अरबौं रुपैयाँ पठाइदिए भने के होला ?

तपाइँ भन्नुहोला यस्तो केवल फिल्ममा हुन्छ । तर, अहिले यो वास्तविक जीवनमा पनि भइरहेको छ । ‘डीपफेक कल’का कारण एक कर्मचारीले ३५ मिलियन डलर (नेपाली रुपैयाँ ४ अर्बभन्दा बढी) एक स्क्यामरको खातामा ट्रान्सफर गरिदिए । रिपोर्टका अनुसार यो घटना हङकङमा भएको हो । फोर्ब्सको एक रिपोर्टअनुसार बैंकका एक शाखाका म्यानेजरलाई बैंकका डाइरेक्टरको तर्फबाट फोन आएको थियो । बैंकका डाइरेक्टरले उनलाई ३५ मिलियन डलर ट्रान्सफर गर्न भनेका थिए ।

पछि यस विषयमा जाँच गर्दा बैंकका डाइरेक्टरले फोन नै नगरेको खुलासा भयो । ती म्यानेजरलाई आएको फोन डाइरेक्टरको आवाजको डीपफेक कल थियो । जबसम्म बैंकले यो गल्तीबारे थाहा पायो त्यतिबेलासम्म पैसा धेरै टाढा पुगिसकेको थियो । यस्तो घटना भएको यो पहिलो पटक पनि होइन । यसअघिको पनि यस्तै घटना फोर्ब्ले रिपोर्ट गरेको छ । रिपोर्टअनुसार बेलायतको एक ऊर्जा कम्पनी पनि यसको शिकार भएको थियो र लगभग २ लाख ४३ हजार डलर गुमाएको थियो ।

अडियो भिजुअलको डीपफेक २१ औं शताब्दीको प्रविधि हो । यसको गलत प्रयोग पनि तीब्र रुपमा बढिरहेको छ । यसबाट ती व्यक्तिहरुलाई सजिलै झुक्याउन सकिन्छ जसलाई यो प्रविधिबारे थाहा छैन । डीपफेक एक प्रविधि हो जसबाट आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर युजरको सम्पादित भिडियो बनाउन सकिन्छ ।

यो यति सूक्ष्म तरिकाले गरिन्छ कि भिडियोमा देखिने व्यक्ति वास्तविक जस्तै देखिन्छ र यही कारण डीपफेक र अथेन्टिक भिडियो चिन्न निकै कठिन हुन्छ । यो प्रविधिको दुरुपयोग बढिरहेको छ । यसको प्रयोग ब्ल्याकमेल, फ्रड र पहिचान चोरीको लागि गर्न थालिएको छ । यसको दुरुपयोग बढिरहेकोले यसबारे सावधान रहन विज्ञले सुझाव दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *