मुकेश अम्बानीको कम्पनी पछारियो, २ दिनमा १ लाख करोडभन्दा धेरै घाटा

डिसी नेपाल
११ माघ २०७८ १५:४३
3.3k
Shares

काठमाडौं। बीएसइमा मंगलबार सुरुवाती कारोबारको क्रममा रिलायन्स इण्डष्ट्रिजको शेयर ३ प्रतिशतले गिरावसहित २,३०५ रुपैयाँ प्रतिशेयरमा झरेको छ । हिजो र आज गरी २ सत्रमा कम्पनीको शेयर मूल्यमा ७ प्रतिशत गिरावट आइसकेको छ । आरआइएलको सहायक कम्पनी रिलायन्स भेन्चर्स लिमिटेडले शापुर पलोनजी कम्पनीलाई दिएको ७५० करोड रुपैयाँ ऋणका विषयमा स्पष्टीकरण दिएपछि पनि कम्पनीको शेयरमा गिरावटको सिलसिला जारी छ ।

कम्पनीको शेयरमा आएको यो गिरावटको असर कम्पनीको मार्केट क्यापमा पनि परेको छ । पछिल्लो २ दिनमा कम्पनीको मार्केट क्यापिटलाइजेसनमा १.१७ लाख करोडको गिरावट आइसकेको छ । बीएसइमा आज साढे १० बजे कम्पनीको शेयर २.४ प्रतिशत गिरावटसहित २,३२१ मा ट्रेड भइरहेको थियो जबकि यस क्रममा एस एण्ड पी बीएसइ सेन्सेक्समा ०.४७ प्रतिशत गिरावट आएको थियो । बीएसइ डाटाका अनुसार कम्पनीको मार्केट क्याप १५.६९ लाख करोड रुपैयाँमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *