मार्तडीमा प्राधिकरणको लाइन जडान

डिसी नेपाल
११ माघ २०७८ १६:०३

काठमाडौं । जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ । नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो ।

दैनिक छदेखि १० घण्टासम्म विद्युत् भार कटौतीको मार खेप्दै आएका सदरमुकामवासी उक्त लाइन जडान भएपछि खुसी भएका छन् । यही माघ ७ गतेदेखि जडान गरिएको लाइनबाट १० गते साँझदेखि नियमितरुपमा विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलको भनाइ थियो । विसं २०४६ मा स्थापना भएको बाजुरा साना जलविद्युत् केन्द्रले २०६६ सालदेखि विद्युत् उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

दुई सय किलोवाट क्षमताको उत्पादित विद्युत्ले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो विद्युत् भार कटौती गर्दै आएको थियो । सदरमुकाम मार्तडीलाई लक्ष गरेर सोमबारदेखि ११ हजार भोल्टेजको लाइन जडान उपलब्ध गराइएको हो । बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सवस्टेशन निर्माण भइसकेपछि ३३ केभिएको लाइन दिनसकिने उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *