जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन्: अध्ययन

डिसी नेपाल
१२ माघ २०७८ १२:१९
76
Shares

पेरिस। एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन्। जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो।

अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथेभोनका अनुसार उसको अनौठो आवाजकै कारण आफ्ना साथी र मित्रलाई खुट्याउन सक्छ । जंगली जल गैडा वास्तवमै होहल्ला गर्छन्।

वैज्ञानिकहरुका अनुसार उनीहरुको एउटा फराकिलो स्वर भन्डार हुन्छ । उसको कर्कश आवाज, चिच्चावट र स्वा स्वा अन्य जनाबरको भन्दाबढी हुन्छ ।

म्याथेभोनले चितुवा, सील, हुँडारलगायतका जंगली जनाबरहरुका बारेमा अध्ययन गरेका छन् ।

‘उनीहरुले बोलाउदा साथीको पहिचानको सूचना हुन्छ । उनीहरुले आफ्नै आवाजले एक अर्कालाई चिन्छन् । यस्तो पहिचान क्षमताले उनीहरुबीचको सामाजिक सम्बन्धलाई सहयोग गर्छ,’ म्याथेभोन भन्छन् ।

सो अध्ययन करेन्ट बायोलोजीमा प्रकाशित छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *