विश्व इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धिदेखि भियतानम युद्ध अन्त्य

डिसी नेपाल
१३ माघ २०७८ ६:३७

आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि

सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण सन्धि भएको थियो । सन्धिले अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न रोक लगाएको थियो ।

तीन अन्तरिक्ष यात्रीको मृत्यु

सन् १९६७ को २७ जनवरीमा अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीन जना अन्तरिक्ष यात्रीको जलेर मृत्यु भएको थियो । उनीहरुलाई बोकेको यानमा अकस्मात प्राविधिक समस्या देखिएपछि आगो लागेको थियो । सो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो ।

रुसी फौजद्वारा अस्चिविज स्वतन्त्र

सन् १९४५ मा रुसी फौजले विश्वयुद्धमा नाजीले हत्या गरेको कुख्यात ठाउँ अस्चिविजललाई स्वतन्त्रत गरेको थियो । पोल्यान्डको अस्चिविजनजिक क्याम खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले ११ लाख मानिसको हत्या गरेको थियो ।

भियतानम युद्ध अन्त्य

सन् १९७३ को २७ जनवरीमा भियतनाम युद्ध समाप्त भएको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतानम युद्ध घोषण भएको अन्त गरेको थियो । भियतनाम युद्धमा हजारौंको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *