दक्षिण कोरियामा एकै दिन १४ हजार कोभिड संक्रमित
Coronavirus on scientific background
सीउल। दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ।
आगामी दिनमा दैनिक संक्रमितको संख्या अझै दोब्बर हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन्। विज्ञहरुले दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या २० हजार नाघ्ने अनुमान गरेका छन् ।
गम्भीर बिरामी र मृत्यु घटाउनु सरकारको मुख्य प्राथमिकता भएको प्रधानमन्त्री किम बु केउमले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment