अब चीनले बदला लिन्छ ! १० वर्षपछि अमेरिकाविरुद्ध आयो यस्तो फैसला

डिसी नेपाल
१३ माघ २०७८ १४:२८

काठमाडौं। चीनले अमेरिकाविरुद्ध अन्तर्राष्ट्रिय फोरममा ठूलो सफलता प्राप्त गरेको छ । विश्व व्यापार संगठन (डब्लुटिओं ले १० वर्ष पुरानो एक मामिलामा चीनको पक्षमा फैसला सुनाएको छ । यतिमात्र होइन अन्तर्राष्ट्रिय व्यापारिक संगठनले चीनलाई अमेरिकाविरुद्ध ६४५ मिलियन डलरको जवाफी ट्यारिफ लगाउन पनि अनुमति दिएको छ ।

अमेरिकाले २००८ देखि २०१२ को बीचमा चीनका केही सामानमा एन्टि सब्सिडी ट्यारिफ लगाएको थियो । यो ट्यारिफ सोलार प्यानलदेखि स्टिलको तारसम्म २२ किसिमका चिनियाँ उत्पादनमाथि लगाइएको थियो । बाराक ओबामाको कार्यकालमा भएको यो फैसलालाई चुनौती दिँदै चीन २०१२ मा विश्व व्यापार संगठन गएको थियो । १० वर्षपछि यो मामिलामा डब्लुटिओले फैसला गरेको हो ।

चीनले यो विवाद डब्लुटिओमा लगेर २.४ बिलियन डलरका अमेरिकी सामानमा ट्यारिफ लगाउने अनुमति मागेको थियो । डब्लुटिओले चीनको यो माग त स्वीकार गरेन तर ६४५ मिलियन डलर बराबरका अमेरिकी सामानमा कम्पन्सेटरी ट्यारिफ लगाउने अनुमति दियो । यसअघि २०१९ मा पनि चीनले अमेरिकाविरुद्ध डब्लुटिओमा सफलता पाएको थियो । त्यतिबेला डब्लुटिओले चीनलाई ३.५८ बिलियन डलरको जवाफी ट्यारिफ लगाउने अनुमति दिएको थियो ।

यो फैसलापछि अमेरिकाले डब्लुटिओका नियममा अब सुधार गर्नुपर्ने आवश्यकता भएको बताएको छ । अमेरिकाले डब्लुटिओका नियम अब पुराना र अप्रासंगिक भएको बताएको छ । चीनमाथि अन्य बजारमा सस्ता उत्पादन डम्प गरेको आरोप लाग्ने गरेको छ । चीनका कैयौं कम्पनीमा त्यहाँको सरकारको मेजर शेयर होल्डिङ छ । यी कम्पनीले उत्पादन गरेका उत्पादनमा सब्सिडी पाउँछन् जसका कारण यी सामान अन्य देशका सामान भन्दा सस्ता हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *