‘प्र्याङ्क’ भिडियो बनाउनुहुन्छ ? कारबाहीमा परिएला नी !

डिसी नेपाल
१३ माघ २०७८ २०:११

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक‘प्र्याङ्क’ नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।

सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि व्यक्तिको सहमति बिना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *