कुष्ट रोगबाट ग्रसित व्यक्तिहरुलाई एनएमएको आर्थिक सहयोग

डिसी नेपाल
१३ माघ २०७८ २२:००

काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ। एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजना अन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको हो ।

एनएमएले एक थान, डवल साइजको एक थान ब्लाङ्केट, दुई सय ३६ एमएलको एक बोतल स्यानिटाइजर, दुई वटा डिट्टोल साबुन र पचास पिसको एक प्याकेट मास्क लगायतका सामाग्रीहरु आश्रममा रहेको प्रत्येक व्यक्तिहरुलाई वितरण गरेको हो । दक्षिणकाली नगरपालिका वडा नम्बर दुईका अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ट रोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र एनएमएका अध्यक्ष सन्तवीर लामाले कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

यस्तै, एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष शुदर्शन न्यौपाने, सचिवालय सदस्यहरु सिङ्गी लामा, दीपेन्द्र पाण्डे र शीवबहादुर सापकोटा तथा केन्द्रीय सदस्यहरु सार्की तामाङ, पासाङ भोटे र सञ्जिव गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुलप्रशाद राईले पनि कपडा र स्वास्थ्य सामाग्री आश्रमका रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई हस्तान्तरण गरेका थिए।

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रीत व्यक्तिहरुले खुसीव्यक्त गरे। एनएमएका अध्यक्ष लामाले यो सहयोगले आश्रममा आश्रीत व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *