विश्व इतिहासमा आज : जेन आस्टिनको चर्चित उपन्यासदेखि अन्तरिक्षमा यान बिस्फोट

डिसी नेपाल
१४ माघ २०७८ ७:२८

काठमाडौं, १४ माघ । आज २८जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

अन्तरिक्ष यान बिस्फोट

सन् १९८६ मा अन्तरिक्ष बोकेको अन्तरिक्ष यान च्यालेन्जर बिस्फोट भएको थियो, जसलाई अन्तरिक्ष इतिहासमा नै सबैभन्दा दुःखद घटना मानिन्छ । अमेरिकाको फ्लोरिडाबाट अन्तरिक्षका लागि उडेको च्यालेन्जर जमिन छोडेको ७३ सेकेन्डमा नै बिस्फोट हुँदा ७ अन्तरिक्षयात्रीको मृत्यु भएको थियो ।

प्राइड एन्ड प्रेज्युडिस

सन् १८१३ मा बेलायतका लेखिका जेन आस्टिनको चर्चित उपन्यास प्राइड एन्ड प्रेज्युडिस प्रकाशित भएको थियो । यो उपन्यासलाई अंग्रेजी साहित्याको अहिलेसम्मकै लोकप्रिय कृति मानिन्छ । यसको दुई करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ ।

निकोलस सार्कोजीको जन्म दिन

आज फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीको जन्म भएको थियो । सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सका राष्ट्रपति भएका सार्कोजीको जन्म राजधानी पेरिसमा सन् १९५५ को २८ जनवरीमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *