किन किने ऋणमा डुबेको इन्डियन एयरलाइन्स रतन टाटाले ?

डिसी नेपाल
१४ माघ २०७८ १३:१४

काठमाडौं। भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ। टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ। तर, यो काम त्यति सजिलो भने छैन।

एयर इन्डियाका जहाज पुराना भएका छन् भने कर्मचारीको कार्यशैली सरकारी तवरको रहेको छ। एयर इन्डिया अहिले पनि भारतको सबैभन्दा ठूलो विमान कम्पनी हो, तर अन्य मुलुकका एयरलाइन्सको बजार हिस्सा अधिक छ।

कोरोना महामारीअघि विदेशी कम्पनीले बढी यात्रु बोक्ने गरेका थिए। यही कारण पनि एयर इन्डियालाई पुरानो चमक फिर्ता ल्याउन सहज नहुने एभियसन दिग्गजहरू बताउँछन् । तर, पनि टाटा गु्रप एक सफल कम्पनी भएकाले एयर इन्डियाको पुरानो साख फर्काउन सक्ने कतिपयको भनाइ छ।

पछिल्लो समय भारतबाट अमेरिकालगायतका देशमा सीधा उडानको माग निकै बढेको छ। एयर इन्डियाले त्यस्तो उडान गरेर मात्र पुग्दैन, यात्रुको मागअनुसार सेवा प्रदान गर्न सक्नुपर्छ। विशेष गरी युवा यात्रुको माग पूरा गर्न सकेमा मात्र कम्पनी सफल हुने विश्लेषकहरूको भनाइ छ। पछिल्लो समय हवाई यात्रुमा युवा संख्या अत्यधिक छ, त्यसकारण पनि कम्तीमा भारतीय युवाको मन जित्ने कार्य एयर इन्डियाले गर्न सकेमा टाटा सफल हुने देखिन्छ।

एक अध्ययनले अहिले अन्तर्राष्ट्रिय विमानमा ५३ प्रतिशत युवा यात्रु हुने गर्छन् र यो संख्या आगामी पाँच वर्षमा ६० प्रतिशत नाघ्नेछ । तर, एयर इन्डियामा अहिले उपलब्ध सेवा युवा जरुरतलाई पूरा गर्न सक्नेखालको छैन। एयर इन्डियाले युवा यात्रुलाई आकर्षित गर्न मोडर्न, टेक्नोलोजी ड्रिभन, इनोभेटिभ र पर्यावरणप्रति सचेत एयरलाइन्स बन्न सक्नुपर्छ । पुरानो कार्यशैलीबाट एयर इन्डिया पूर्ण रुपमा बाहिर निस्कन सक्नुपर्छ।

एयरलाइन्सलाई पुरानो शैलीबाट पूर्णतः मुक्त गराउन सक्षम कार्यकारी प्रमुख आवश्यक पर्ने टाटाले बताएको छ । अहिले टाटासँग त्यस्तो अनुहार उपलब्ध छैन । त्यसकारण पनि कम्पनीले बाहिरबाट कार्यकारी प्रमुख ल्याउनुपर्ने कतिपयको भनाइ छ ।

१९८० र १९९० को दशकमा ब्रिटिस एयरवेजको कायापलट भएको थियो । त्यसको श्रेय कोलिन मार्सललाई जान्छ । उनी पनि बेलायत बाहिरका व्यक्ति थिए । उनले कम्पनीका कर्मचारीसँग स्तरीय तालमेल मिलाएर ब्रिटिस एयरवेजको कायालपट गरिदिएका थिए ।

१८ हजार करोड भारुमा रतन टाटाले एयर इन्डिया किनेका हुन् । एयर इन्डिया आजभन्दा ६८ वर्षअघि पनि टाटा ग्रुपकै अधिनमा थियो । त्यसबखत एयर इन्डिया टाटा एयरलाइन्स नामबाट सञ्चालित थियो ।

उक्त एयरलाइन्सले पहिलो पटक १५ अक्टोबर १९३२ मा उडान भरेको थियो । अहिले एयर इन्डियामा १२०८५ जना कर्मचारी छन् । २३ हजार करोड रुपैयाँ यसको ऋण छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *