आणविक भट्टीको विकिरणले क्यान्सर गराएको प्रमाणसहित जापानका युवाले दिए मुद्दा

डिसी नेपाल
१४ माघ २०७८ १३:४१
144
Shares

टोकियो। जापानमा सन् २०११ मा फुकिशिमा आणविक भट्टी पग्लिएपछि निस्किएको विकिरणका कारण आफूहरुलाई थाइराइड क्यान्सर भएको भन्दै ६ जना युवाले सो भट्टीविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरुले भट्टी संचालक टोकियो इलेक्ट्रिक पावर कम्प्नी (टीइपीसीओ) माथि कारबाही गर्नसमेत माग गरेका छन्।

बिहीबार युवाहरुका तर्फका वकिलहरु टोकियो जिल्ला अदालतमा पुगेका थिए । भट्टीविरुद्ध मुद्दा दायर गर्ने क्रममा अदालतमा युवाहरुको पक्षमा फुकिशिमाका दर्जनौ मानिस उपस्थित भएका थिए । मानिसको स्वास्थ्यमा असरलाई लिएर आणविक भट्टीविरुद्ध पहिलो पटक मुद्दा हालिएको हो ।

सन् २०११ को मार्च ११ मा फुकुशिमामा शक्तिशाली भूकम्पपछिको सुनामीले आणविक भट्टी पग्लिँदा सो क्षेत्रमा मानिसहरु प्रभावित भएका थिए। अदालतमा मुद्दा दायर गर्ने क्रममा पीडितसहित सो क्षेत्रमा प्रभावित अन्य व्यक्तिहरु पनि उपस्थित थिए ।

विकिरणका कारण क्यान्सर भएका ६ जनाकै थाइराइड ग्रन्थीको शल्यक्रिया भएको उनीहरुका वकिलले बताएका छन् । पीडितले ६१ करोड ६० लाख जापानी यन क्षतिपूर्ति माग गरेका छन् ।

विकिरणका कारण फुकिशिमाको मानिसमा स्वाथ्यसम्बन्धी प्रत्यक्ष कुनै समस्या नभएको एक वर्षअघि राष्ट्रसंघको विज्ञहरुको एउटा टोलीले निस्कर्ष निकालेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *