स्थानीय तहको निर्वाचन कहिले ? सत्तागठबन्धनकाे बैठक आज पनि

डिसी नेपाल
१५ माघ २०७८ ७:२७

काठमाडाैं। पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहकाे निर्वाचनका विषयमा केन्द्रित भएकाे छ। निर्वाचन आयाेगले वैशाखमै निर्वाचन गर्नेगरी मिति ताेक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घाेषणा हुन सकेकाे छैन।

पछिल्लाे पटक संविधानसँग बाझिएका कानुन संशाेधनकाे दाबी गरेकाे गठबन्धनकाे बैठक आज शनिबार बस्दैछ। शनिबार बिहान ९ बजे गठबन्धनको बैठक बोलाइएको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिकाे शुक्रबारकाे बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहकाे चुनावलाई लिएर गठबन्धनले अघि सारेकाे विकल्प संविधानसम्मत नभएकाे बताक्षसकेका छन्। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने पहिले संघकाे निर्वाचन र त्यसपछि स्थानीय तहकाे निर्वाचन चाहन्छन्। त्यसैले संविधान र ऐनमा एकरूपता ल्याउने भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने गृहकार्यमा गठबन्धन छ।

याे विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासाे दिएकी छन्। उनले प्रधानमन्त्री देउवासँग छलफल पनि गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *