रातको साढे २ बजे प्रेमिका भेट्न जाँदा अँध्यारोमा झुक्किएर इनारभित्र खसेपछि…

डिसी नेपाल
१८ माघ २०७८ १२:००

काठमाडौं। एक जना युवक रातको साढे २ बजे प्रेमिकालाई भेट्न जाँदै थिए । अँध्यारोमा हिँड्दै गर्दा उनी झुक्किएर इनारभित्र खसे । संयोगले त्यही बेला त्यही बाटो केही पुलिसकर्मीहरु गस्तीमा हिँड्दै थिए । उनीहरुले युवकले चिच्याएको सुनेपछि युवकलाई जीवितै उद्धार गरेका छन् ।

उनलाई इनारबाट बाहिर निकाल्नको लागि पुलिस टिकले हतारहतार डोरी र काठको व्यवस्थापन गरेका थिए । भारतीय मिडियाका अनुसार घटना भारतको उत्तर प्रदेशको लखनउको हो । उनलाई इनारबाट निकाल्नको लागि प्रहरीले घण्टौं परिश्रम गर्नु परेको थियो ।

जानकारी अनुसार लखनउको थाना बिजनौरस्थित माती गाउँका ती युवक प्रेमिका भेट्न गएका थिए । यही क्रममा अँध्यारोका कारण उनले इनार देखेनन् र इनारमा खसे । इनारमा खसेपछि उनी आत्तिएर चिच्याउन थाले । यस क्रममा त्यहाँ गश्तीमा गएका पुलिसकर्मीले उनको आवाज सुने ।

पुलिस टिमले गाउँलेको सहयोगमा डोरी र काठको व्यवस्था गरे र उनलाई इनारबाट बाहिर निकाले । धेरै समय इनारमा डुबेका कारण युवकलाई चिसो लागेको थियो । लखनयका कमिश्लर डिके ठाकुरका अनुसार बिजनौर क्षेत्रका युवक माती गाउँमा प्रेमिका भेट्न जाँदा दुर्घटनामा परेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *