५ हजार ५८३ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

डिसी नेपाल
१८ माघ २०७८ १६:५६
68
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनामा परीक्षण गर्दा ५ हजार ५८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ७७६ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ६५७ जनामा र ६ हजार ८९७ जनामा एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९१.०१ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७५२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ७४ हजार ६५३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *