बेरोजगार युवकले कार पार्किङमा गएर गरे यस्तो हर्कत, केही घण्टामै जागिर पाए
काठमाडौं। जागिर पाउनको लागि सबैभन्दा सीधा तरिका भनेको आफ्नो योग्यतासम्बन्धी विवरण सम्बन्धित रोजगारदातालाई इमेल, कुरियर मार्फत पठाउने वा सम्बन्धित व्यक्तिलाई भेट्ने हो । वा कुनै कम्पनीले जागिरका लागि आवेदन खोलेको भए त्यसमा आवेदन दिने हो । तर, बेलायतका एक व्यक्तिले जागिर पाउनका लागि जे गरे त्यो हाम्रो कल्पनाभन्दा धेरै परको कुरा हो ।
यी व्यक्तिले एक बिल्डिङको पार्किङमा राखिएका हरेक कारमा आफ्नो बायोडाटा टाँस्दै हिँडे । रोच कुरा त के भने यी व्यक्तिले केहीबेरमै मार्केटिङ एग्जिक्युटिभको जागिर पनि पाए । उनको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यी व्यक्तिले आफ्नो बायोडाटामा नाम, क्युआर कोड र लिंक्डइन प्रोफइल जस्ता कुरा राखेका थिए । केही घण्टामै उनले जागिर पनि पाए ।
जोनाथन स्विफ्ट नामका यी व्यक्तिले केही पर्चा छपाएका थिए । यी पर्चा पार्किङमा रहेका हरेक गाडीमा टाँसिदिए । उनको यो ट्रिकले काम गर्यो । इन्स्टाप्रिन्ट युकेका मार्केटिङ म्यानेजर क्रेग वासेलले यसको भिडियो शेयर गरेका छन् । क्रेगले नै जोनाथनलाई जागिर दिएका हुन् । क्रेगले पोस्ट गरेको भिडियोमा लेखेका छन् ‘कैयौं पटक धेरै सजिलो तरिका निकै उपयोगी हुन्छन् । सबैभन्दा रोचक कुरा त के भने जोनाथनले टाँसेका पर्चाहरु इन्स्टाप्रिन्ट युकेमै छपाएका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment