बलिउड अभिनेत्रीहरुको नामको यस्तो अर्थ

डिसी नेपाल
२१ माघ २०७८ ६:३९
68
Shares

एजेन्सी। हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ। अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ।

अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन्। उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन्। यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट। अभिनेत्री यामी गौतमको पनि नामको अर्थ छ। यामीको अर्थ हो ‘चम्किरहेको तारा’।

अभिनेत्री अनन्या पाण्डेको नामको अर्थ खोज्दा अनन्याको अर्थ ‘सबैभन्दा अलग अथवा अद्भुत’ हो। त्यस्तै करीना कपूरको नामको अर्थ करीना अर्थात् ‘फूल’ या ‘निर्दोष’ हो। कियारा आडवाणीको नामको अर्थ कियारा अर्थात् इटालियन भाषामा ‘चमकदार’ हुन्छ। हिन्दु धर्ममा कियारालाई ‘भगवानको बहमुल्य उपहार’ मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *