साजिदको फिल्मलाई जोनले घटाए पारिश्रमिक

डिसी नेपाल
२१ माघ २०७८ १३:२९
3.0k
Shares

काठमाडौं। बलिउड अभिनेता जोन अब्राहमको विगत तीन वर्षयता बजार मूल्य तीन गुणा बढेको छ। ‘बाटला हाउस’देखि लिएर ‘सत्यमेव जयते’, ‘पठान’ र ‘एक विलेन रिटन्र्स’सम्म आइपुग्दा उनको पारिश्रमिकको अनुपातले नयाँ उचाइ छोएको छ।

तीन वर्षयता जोनको पारिश्रमिक सात करोडबाट बढेर २१ करोड रुपैंयाँसम्म पुगेको छ। आफ्नो पछिल्लो फिल्म ‘एक भिलेन रिटन्र्स’ मा उनले २१ करोड पारिश्रमिक लिँदैछन् । यिनकै अभिनेताले एक निर्देशकका लागि आफ्नो पारिश्रमिक घटाएका छन्।

जोनले साजिद खानले निर्देशन गर्न लागेको एक कमेडी फिल्मका लागि पारिश्रमिकमा तीन करोड रुपैयाँ कम गरेका छन् । ‘मुम्बई सागा र सत्यमेव जयते २ ले बक्स अफिसमा आशा गरेअनुसारको व्यापार गर्न सकेन।

जसकारण निर्माताले घाटा व्यहोर्नुपर्‍यो । त्यहीकारण निर्माताले जोनसँग उनको पारिश्रमिक घटाउनुपर्ने माग राखेका थिए । निर्माताहरु कमेडी फिल्मका लागि जोनले १५ करोड पारिश्रमिक लिन सकून् भन्ने चाहन्थे । जुन मागलाई जोनले सुनुवाइ गरेका छन्’, फिल्मनिकट स्रोतले भनेको छ।

यो कमेडी फिल्ममा जोनसँगै रितेश देशमुख पनि देखिनेछन् । फिल्मको सुटिङ आगामी महिना लन्डनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। लन्डनमा यो फिल्मको सुटिङ तीन महिनासम्म हुनेछ । शाहरुख खानको फिल्म ‘पठान’को काम सकेपछि जोन कमेडी फिल्ममा लाग्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *