फिलिपिन्समा रुसी दूतावासमा आगलागी

डिसी नेपाल
२२ माघ २०७८ १०:२२
32
Shares

काठमाडौं। फिलिपिन्सको राजधानी मनिलास्थित रुसी दूतावासमा आगलागी भएको छ । रुसको विदेश मन्त्रालयले दूतावासमा भएको आगलागीको घटनामा कोही हताहत नभएको बताएको छ । दूतावासका सबै कर्मचारीलाई परिवारसहित सुरक्षित बाहिर निकालिएको छ ।

रुसको समाचार एजेन्सी तासमा अनुसार मन्त्रालयसँग सम्बन्धित विभागको टेलिग्राम च्यानलमा जारी बयानमा भनिएको छ ‘यो दुर्घटनामा कोही घाइते भएको छैन । दूतावासमा रहेका कर्मचारी र उनीहरुका परिवारलाई सुरक्षित बाहिर निकालिएको छ । मनिलामा रुसी दूतावासमा लागेको आगो नियन्त्रण गरिएको छ ।’

यसअघि शुक्रबार फिलिपिन्सको समाचार च्यानल र्यापलर मिडियाले मनिलास्थित रुसी दूतावासमा आगो लागेको सूचना दिएको थियो । च्यानलले आफ्नो युट्युब च्यानलमा जलिरहेको भवनको भिडियो शेयर गरेको थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *