बेइजिङ हिउँदे ओलम्पिकमा चीनले आफ्नो संस्कृति चोरेको दक्षिण कोरियाको आरोप

डिसी नेपाल
२३ माघ २०७८ ६:४७
824
Shares

बेइजिङ। दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन्। बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो ।

उद्दघाटन समारोहको प्रस्तुतिमा एक चिनियाँ महिलाले लगाएको सेतो र प्याजी रंगको पोसाक (ह्यानबक) आफ्नो देशको परम्परागत संस्कृति भएको कोरियालीले दाबी गरेका छन् । पोसक नक्कलप्रति दक्षिण कोरियाली नेताहरुले निन्दा गरेका छन् ।

दक्षिण कोरियाले चीनमाथि आफ्नो संस्कृति चोरेको आरोप लगाएको यो पहिलो घटना हो । यसअघि कोरियाले आफ्नो परम्परागत खानेकुरा किम्ची चोरेको चीनले आरोप लगाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *