साेमबारदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा लगाइने
काठमाडौं। काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणवाट क्षति न्युनीकरण गर्नका लागि सोमवारदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन भएको छ ।
जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सबन्धिन विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् । पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौं महानगरपालिकाले सुचना जारी गरिसकेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment