पैदल यात्रुलाई बाटो नदिने सवारी साधनलाई १६ हजार रुपैयाँ जरिवाना
काठमाडौं। संयुक्त अरब इमिरेट्समा सडकमा पैदल यात्रुको सुरक्षाको लागि नयाँ अभियान चलाइँदैछ । युएइका अधिकारीहरुले सुरक्षित ड्राइभिङलाई बढावा दिनको लागि र पैदल यात्रुलाई सडक पार गर्ने क्रममा प्राथमिकता दिनको लागि एउटा नयाँ अभियान सुरु गरेका हुन् । यदि कुनै ड्राइभरले पैदल यात्रुलाई सडक पार गर्नको लागि बाटो दिएनन् भने उसलाई ५०० दिराम अर्थात १६ हजार रुपैयाँ जरिवाना लगाइनेछ ।
युएइको गृह मन्त्रालयले सडकको प्रयोग गर्नेहरुलाई यातायात जागरुकता बढाउनको लागि संघीय ट्राफिक काउन्सिलको प्रतिनिधित्वमा पहिलो यातायात जागरुकता अभियान सुरु गरेको हो । यो जागरुकता अभियान १ फेब्रुअरीदेखि सुरु भएको हो र ३ महिनासम्म चल्नेछ । यो अभियानको उद्देश्य कार चालकहरुलाई यातायात नियम पालन गर्नुपर्ने आवश्यकता सम्झाउनु र सबैको सुरक्षा सुनिश्चित गर्नको लागि पैदल यात्रीहरुलाई जेब्रा क्रसिङको प्रयोगको लागि प्रोत्साहित गर्नु हो ।
संघीय ट्राफिक काउन्सिलका अध्यक्ष मुहम्मद सैफ अल जफिनका अनुसार यो अभियान राज्य स्तरमा गृह मन्त्रालयले चलाइरहेको छ । उनले भने ‘यो अभियानको उद्देश्य यातायात नियमको प्रतिबद्धता र पालनामा यातायात जागरुकताको संस्कृतिलाई बढावा दिनु र मानिसहरुबीच यसलाई फैलाउनु हो । यो अभियान सडकमा पैदल हिँड्नेहरुको सुरक्षाको ग्यारेन्टी दिन्छ ताकि कुल्चिएर मर्ने दुर्घटना, चोट र मृत्युलाई कम गर्न सकियोस् ।’







डिसी नेपाल







Facebook Comment