काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजरकाे दोस्रो डाेज
काठमाडौं। काठमाडाैं महानगरपालिका क्षेत्र भित्रका विद्यार्थीले काेभिड-१९ विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज आजदेखि लगाउन पाउने भएका छन्। पहिलाे डाेज लगाएकाे तीन हप्ता पुगेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डाेज लगाउन पाउने भएका हुन्।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ३२ वटै वडामा रहेका तोकिएका विद्यालयका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुनेछ। शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन पाइनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment