गैरकानुनी रुपमा विद्यार्थीलाई विदेश पठाउने कन्सल्टेन्सीमाथि कारबाही हुन्छः गृह मन्त्रालय

डिसी नेपाल
२४ माघ २०७८ १९:५३
48
Shares

काठमाडौं । गैरकानुनी रूपमा विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श व्यवसायीलाई कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ ।

विद्यार्थीलाई विदेश पठाउदा प्रचलित कानुन विपरीत काम गरेको पाइए त्यस्ता गतिविधिमा संलग्न संस्था, समूह र व्यक्ति जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने गृहमन्त्रालयले जनाएको छ । पछिल्लो समय त्यस्ता उजुरी र गुनासोहरु बढिरहेको मन्त्रालयले जनाएको छ ।

यस्ता संस्थाहरुमाथि सरकारले निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

‘गैरकानुनी काम गर्ने शैक्षिक परामर्शदाता संस्थाहरु, अनधिकृत रुपमा ईजाजत नलिई अनलाईन रुपमा विज्ञापन गर्ने शैक्षिक संस्थाहरु, अवैध रुपमा विदेशस्थित विभिन्न देशका शैक्षिक संस्थाहरुको प्रतिनिधिको रुपमा कार्य गर्ने व्यक्तिहरु उपर सरकारले निगरानी गरिरहेको छ,’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।’

गैरकानूनी रुपमा काम गरेको संस्थाहरु\व्यक्तिविरुद्ध सम्बन्धित व्यक्तिले नेपालमा भए जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय र विदेशमा भए विदेशस्थित नेपाली नियोगहरुमा जानकारी, सूचना, उजुरी दिन गृहले आग्रह गरेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *