एलन मस्कको हवाई ट्र्याक गर्ने युवा भन्छन्-भाडामा होइन, वास्तविक टेस्ला पाए अकाउन्ट डिलिट गर्छु
न्युयोर्क। एलन मस्कको निजी जेटको ट्र्याक गर्ने एक युवाको ट्विटर एकाउन्ट पछिल्लो समयमा चर्चामा छ। अकाउन्ट डिलिट गर्न टेस्ला मालिक मस्कदेखि टेस्ला कार भाडामा दिने एउटा कम्पनीका मालिकले ज्याक स्वीइनी नाम गरेका ती युवकलाई विभिन्न ‘अफर’ गरेका छन्। तर, ती सबै प्रस्ताव अस्वीकार गर्दै आएका छन्।
एटएलनजेट नामको अकाउन्ट डिलिट गर्न मस्कले यसअघि स्वीइनीलाई ५ हजार डलर दिने प्रस्ताव गरेका थिए । तर, उनले सो रकम अस्वीकार गर्दै बरु काम दिनुपर्ने माग गरेका थिए।
ट्विट डिलिट गर्न कार भाडामा दिने कम्पनी अटोनोमीका सीइओ स्कट पेन्टरले ट्विट मार्फत स्वीइनीलाई तीन वर्षसम्म टेस्ला मोडल ३ को गाडी चलाउन सब्सक्रिप्सन दिने प्रस्ताव गरेका थिए । तर, सो प्रस्ताव पनि ती युवाले अस्वीकार गरेका छन्। आफूलाई सब्सक्रिप्सनमा रुची नभएको र अस्थायी मोडल कार भन्दा आफ्नै कार चाहिएको भन्दै अकाउन्ट डिलिट नगर्ने प्रतिबद्धता दोहोराएका हुन्।
‘मलाई आफ्नै कार चाहिएको छ । तीन वर्षपछि फिर्ता गर्ने गाडी चाहिएको छैन । वास्तविक टेस्ला पाए भने अकाउन्ट डिलिट गर्छु’, वाल स्ट्रिट जर्नलसँग उनले भने ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment