मुम्बइबाट उडेको एयर इण्डियाको जहाजको इन्जिनको एक भाग भाँचिएर भुइँमा खस्यो
काठमाडौं। मुम्बइबाट उड्ने क्रममा एयर इण्डियाको मातहतमा रहेको एलायन्स एयरको एटिआर जहाजको इन्जिनको एक भाग भाँचिएर भुइामा खसेको छ । मुम्बइबाट गुजरातको भुजको लागि उडेको जहाज इन्जिनको एक भाग बिना नै भुजमा सुरक्षित अवतरण गरेको बताइएको छ । विमान बुधबार बिहान स्थानीय समयअनुसार साढे ५ बजे मुम्बइबाट टेक अफ गरेको थियो ।
टाइम्स अफ इण्डियाका अनुसार विमानको एउटा इन्जिनको बाहिरी कभर धावनमार्गमा भेटिएको थियो । यो कभरले इन्जिनलाई बाहिरी वस्तुबाट सुरक्षा दिने र हावामा हुने घर्षणलाई कम गरेर इन्जिनलाई चिस्याउने काम गर्छ । रातो रंगको यो कभर एलायन्स एयरको मुम्बइ भुज उडान भर्ने उडान संख्या ९आइ–६२५ को भएको स्रोतले बताएको छ ।
‘उडान कुनै थप क्षतिबिना सुरक्षित अवतरण गरेको छ’ नागरिक उड्डयनका महानिर्देशक अरुण कुमारले भने । हवाइ सुरक्षा विज्ञ क्याप्टेन अमित सिंहका अनुसार कभरलाई राम्रोसँग बन्द गरिएन भने यस्ता घटनाहरु हुन सक्छन् । विमानको मर्मतको लागि यो कभर निकाल्नुपर्छ । यो राम्रोसँग बन्द नभएको पाइलटले विमानको जाँच गर्दा पनि फेला पारेका थिएनन् ।







डिसी नेपाल







Facebook Comment