अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स

डिसी नेपाल
२६ माघ २०७८ १३:०३
760
Shares

काठमाडौं। बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन्। उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन्। यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन्।

तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ। अभिनेता ग्रे रंगको स्वेटर लगाएर अनुहारमा गम्भीर भाव व्यक्त गरेका छन्। ‘मलाई यो तस्बिर मनपर्छ। आशा छ कि तपाईंलाई पनि यो मनपर्नेछ । सुरज बडजात्याको उचाइ सेटबाट अभिनेता बोमन इरानीले लिएको तस्बिर’, उनले लेखेका छन्।

सुरजको निर्देशनमा बनेको फिल्मको निर्माण राजश्री प्रोडक्सन हाउसले गरेको हो। फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका र डेनी प्रमुख भूमिकामा छन् । यो फिल्मको सुटिङ केही महिनाअघि नेपालमा गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *