६ गोल भएको खेलमा भिल्ला र लिड्सको बराबरी
काठमाडौं। ६ गोल भएको खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो । खेल बुधबार राति भएकाे हाे।
लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल गरे । एस्टन भिल्लाका लागि ज्याकोब राम्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । राम्सीको दुबै गोलमा कौटिन्होले पास मिलाएका थिए।
बराबरिसंगै भिल्ला २२ खेलबाट २७ अंक सहित ११औं स्थानमा छ। लिड्स भने २३ खेलबाट १५औं स्थानमा छ। यता, गय रातिनै भएको खेलमा विलफ्रेड जाहाले पेनाल्टी चुकाउदा क्रिस्टल प्यालेसले नर्विच सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।
खेलको पहिलो मिनेटमै टिमु पुकिले घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए। खेलमा ६०औं मिनेटमा जाहाले गोल गर्दै खेल बराबरिमा ल्याए । ६३औं मिनेटमा पाएको पेनाल्टी जाहाले सदुपयोग गर्न नसक्दा भ्रमणकारी टोली प्यालेस जितबाट बन्चित भयो।
बराबरिसंगै प्यालेस २५ अंक सहित १३औं स्थानमा छ। नर्विच भने १७ खेलबाट १८औं स्थानमा रहदा रेलिगेशन जोनमै रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment