यस्तो छ आजको राशीफलः सिंहलाई मित्रबाट सहयोग, धनुलाई सोचेअनुसार हुने

डिसी नेपाल
२८ माघ २०७८ ६:३०

आजको पात्रोः २८ माघ २०७८ शुक्रबार । तद्नुसार ११ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष दशमी तिथि, मृगशिरा नक्षत्र, वैधृति योग, गर करण, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः४७ मा हुनेछ भने सूर्यास्त १७ः५० मा हुनेछ ।

आज विहान १०ः५५ देखि १२ः१९ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा कुनै पनि शुभकार्य गर्न नहुने मान्यता रहेको छ । आजको देवता दिती र ग्रहदेव गुरु रहेको छ । शुक्रबारको दिन विशेषगरी मनोञ्जनका कार्यहरु गर्न सकिन्छ । मृगशिरा नक्षत्र भएको दिन यात्राको लागि उत्तम दिन मानिन्छ । शुक्रबार विलासिता र सौन्दर्यका सामान खरिद गर्नका लागि उपयुक्त दिन मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला । मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापार ब्यबसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ । चन्द्रमाको साथ छ । तपाईले निकैं सोचे अनुसार काम हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यहरु बीच मतभेद पनि हुनसक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन तपाईको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीको धनीराशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ । कुनै कुमारी कन्यालाई उपहार बस्त्र दान दिनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा ध्यान दिनु पर्ने छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ । धनु राशि भएका जातका लागि ग्रहहरु बलिया भएका छन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले तपाईको मनमा प्रसन्नता छाउने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा फलदायी हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *