तीन कारणले रणवीरलाई प्रिय मान्छिन् आलिया
काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै नै एक साइन्स फिक्सन फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछन् । यो फिल्ममा उनीहरूको बोन्डिङ राम्रो हुने आशा दर्शकको छ।
आलिया र रणवीर बलिउडका प्रेम जोडी हुन्। भलै उनीहरूले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छैनन् । तर, सामाजिक सञ्जालको पोस्ट र वास्तविक जीवनमा दुवैको एकअर्काप्रतिको लगावले उनीहरू विशुद्ध प्रेमी हुन् भन्नेमा कुनै शंका छैन।
यो जोडी प्रायः लामो यात्रामा जान्छन् र गुणस्तरीय समय बिताउँछन्। यसबाहेक उनीहरू एकअर्काको व्यावसायिक जीवनमा पनि सहयोग गर्छन्। फिल्म ‘गंगुबाई काठियावाडी’को ट्रेलर सार्वजनिक कार्यक्रममा रणवीरले आलियाको सिग्नेचर स्टेप उतारेर आफ्नो समर्थन जनाएका थिए। त्यहीकारण पनि आलिया रणवीरलाई आफ्नो प्रिय प्रेमी मान्छिन्।
आलिया रणवीरको तीन विशेषताका कारण उनलाई प्रिय मान्छिन्। ‘ऊ निकै प्रिय छ। ऊ एउटा राम्रो स्रोता पनि हो। धेरै नै समझदार पनि छ । यसबाहेक उसको मजाक गर्ने शैली उत्तिकै राम्रो छ । ऊ मलाई नियमित रुपमा इन्टरटेन गराइरहन्छ’, आलियाले भनेकी छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment