भारतमा इतिहासकै सबैभन्दा ठूलो बैंक घोटाला, सीबीआइद्वारा मुद्दा दर्ता

डिसी नेपाल
२ फागुन २०७८ ११:२२
2.3k
Shares

काठमाडौं। भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआइले २२ हजार ८४२ करोड रुपैयाँको बैंक घोटालामा एबीजी शिपयार्ड लिमिटेड र त्यसका पूर्व सएिमडी ऋषि कमलेश अग्रवाल र तत्कालीन निर्देशकहरु संथानम मुथुस्वामी र अश्विनी कुमार विरुद्ध मुद्दा दर्ता गरेको छ । यति यति ठूलो रकमको अनियमितता प्रमाणित भयो भने यो भारतको इतिहासकै सबेभन्दा ठूलो बैंकिङ घोटाला हुनेछ ।

यसअघि नीरव मोदीले पंजाब नेशनल बैंकलाई करिब १३ हजार करोड रुपैयाँ चुना लगाएका थिए । त्यतिबेला त्यसैलाई भारतको इतिहासको सबैभन्दा ठूलो बैंकिङ घोटाला भनिएको थियो । यो मुद्दामा उजुरी दर्ता गराउन ढिलाइ गरेको आरोपबारे स्टेट बैंक अफ इण्डिया (एसबीआइ)ले एबीजी शिपयार्डको खाता एनसीएलटी प्रक्रियाअनुसार लिक्विडेसनको क्रममा रहेको बताएको छ ।

बैंक घोटाला मामिलामा कम्पनीविरुद्ध एसबीआइले पहिलो पटक नोभेम्बर २०१९ मा उजुरी दर्ता गराएको थियो । त्यसपछि अर्को एउटा उजुरी डिसेम्बर २०२० मा दर्ता गरियो । बैंकले उजुरी दर्ता गराउन ढिलाइ नभएको बताएको छ । एसबीआइका अनुसार कम्पनीलाई २ दर्जन बैंकका कन्सोर्टियमले ऋण दिएका थिए तर खराब प्रदर्शनका कारण नोभेम्बर २०१३ देखि कम्पनीको खाता एनपीए बन्यो । कम्पनीलाई उकास्ने कैयौं कोसिस भए तर सफल भएनन् ।

यो कन्सोर्टियमको नेतृत्व आइसीआइसीआइ बै.कले गरिरहेको थियो । तर, सबैभन्दा ठूलो सार्वजनिक बैंक भएको नाताले सीबीआइमा उजुरी भने एसबीआइले दर्ता गराएको थियो । एसबीआइका एमडी जे स्वामिनाथनले बीबीसी हिन्दीसँग भने ‘हामी धेरैभन्दा धेरै रकम उठाउने कोसिस गर्नेछौं ।’

समाचार एजेन्सी पीटीआइका अनुसार अर्को एक कम्पनी एबीजी इन्टरनेशनल प्रा.लि.को साथमा एबीजी शिपयार्डका पूर्व सीएमडी ऋषि कमलेश अग्रवाल, कार्यकारी निर्देशक संथानम मुथुस्वामी र निर्देशक अश्विनी कुमार, सुशील कुमार अग्रवाल र रवि विमल नेवतियाविरुद्ध पनि आपराधिक षड्यन्त्र, घोटाला र विश्वास भंग गरेको जस्ता मुद्दा लगाइएको छ । शनिबार यो कम्पनीको साथै निर्देशकहरुको सुरत, भरुच, मुम्बइ र पुणेस्थित कार्यालयमा सीबीआइले छापा मारेको थियो । यहाँबाट कैयौं अहम दस्तावेज बरामद गरिएको छ ।

बैंकले घोटालाको घोषणा कहिले गर्छन् ?

कुनै कम्पनीको बैंक खातालाई फ्रड त्यतिबेला भनिन्छ जब ऋण दिने बैंकहरुको संयुक्त बैठकमा फरेन्सिक अडिट रिपोर्टमा चर्चा हुन्छ । जब खातालाई फ्रड घोषित गरिन्छ त्यसपछि सुरुवाती उजुरी सीबीआइमा गरिन्छ । त्यसपछि जाँचको लागि अरु जानकारी जुटाइन्छ । केही केसहरुमा जब अतिरिक्त अहम जानकारी जुटाइन्छ त्यसपछि अर्को उजुरी दर्ता गरिन्छ । यही उजुरी सीबीआइ जाँचको आधार बन्छ ।

एबीजी शिपयार्डको काम गुजरातमा हुन्छ । कम्पनी गुजरातको दाहेज र सुरतमा पानी जहाज बनाउने र तिनीहरुको मर्मतको काम गर्छ । अहिलेसम्म कम्पनीले १६५ जहाज बनाइसकेको छ । यीमध्ये ४६ वटा विदेशी बजारका लागि थिए । एसबीआइको उजुरीमा भनिएको छ ‘विश्वव्यापी मन्दीका कारण कम्पनीको कारोबार धराशायी भयो । कमोडिटीको मागमा आएको गिरावटका कारण शिपिङ उद्योगलाई झट्का लागेको छ । कम्पनीका जहाज बनाउने कैयौं ठेक्का रद्द भए । जसका कारण जहाज बनाएपछि पनि इन्भेन्ट्रीमा राख्नु पर्यो । यसबाट कम्पनीसँग वर्किङ क्यापिटल कम भयो र यो घाटामा गयो । त्यसपछि कम्पनी डुब्न थाल्यो । पानीजहाज बनाउने उद्योगमा २०१५ देखि नै मन्दी छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *