प्रणय दिवसमा वर्षालाई ‘माया लाईदेउन’ भन्दै पल
काठमाडौँ। प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ को कोसेलीस्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ‘अविरल’ ले नयाँ साङ्गीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक लामिछानेको सुमधुर स्वर सुन्न सकिन्छ । गायक लामिछानेकै शब्द रहेको गीतलाई चर्चित सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ ले सङ्गीत संयोजन गरेका हुन् । सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका छन् ।
भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ । पबी भट्टराई निर्मात्री रहेको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘नमस्ते प्लस’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment