४९ वर्षका सांसदकी तेस्री श्रीमती १८ वर्षकी युवती, चौथो बिहे गर्न पनि श्रीमानलाई अनुमति दिइन्
काठमाडौं। पाकिस्तानको पीटीआइ पार्टीका सांसद र लोकप्रिय टिभी होस्ट अमिर लियाकत हुसैन आफ्नो तेस्रो बिहेका कारण पाकिस्तानमा चर्चामा छन् । उनले ४९ वर्षको उमेरमा १८ वर्षकी सइदा दानिया शाहसँग बिहे गरेका छन् । आमिर बिहेपछि नै पाकिस्तानी मिडियामा छाएका छन् । हालै उनले आफ्नी नयाँ पत्नीसँग स्थानीय टेलिभिजन च्यानललाई अन्तरवार्ता दिएका छन् । अन्तरवार्तामा उनकी पत्नीले आफूसँग बिहे पनि आमिरलाई फेरि चौथो बिहे गर्न पनि अनुमति दिएको बताएकी छिन् ।
अन्तरवार्तामा दानियासँग यो बिहेका विषयमा मानिसहरुले धेरै किसिमका कुरा गरिरहेका बेला उनले यसलाई कसरी व्यवस्थापन गर्छिन् भनेर सोधिएको थियो । जवाफमा उनले मानिसहरुका कुरामा ध्यान नदिने बताइन् । उनले आमिरले जे भन्छन् त्यही सुन्ने र मान्ने बताइन् । दानियाले आफूले आमिरलाई फेरि बिहे गर्न अनुमति दिएको बताउँदै भनिन् ‘मैले उहाँलाई चौथो बिहेको अनुमति दिएकी छु किनकि उहाँलाई रोक्ने मेरो हक छैन । उहाँको मर्जी गर्नुहुन्छ वा गर्नुहुन्न । यदि मैले उहाँलाई माया दिएँ भने मसँग रहनुहुन्छ यदि दिइन भने बिहे गर्नुहुन्छ ।’ आमिर लियाकतकी दोस्री पत्नी अभिनेत्री टुबा आमिरले सामाजिक संजालमार्फत सम्बन्धविच्छेद गरेको २४ घण्टाभित्रै उनले दानियासँग गत बुधबार बिहे गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment