घरमा आएर श्रीमतीलाई भनें ‘मैले कारमा यौनकर्मीलाई मारिदिएँ अनि लाश पनि गाडिदिएँ’
काठमाडौं। करिब १० वर्ष पहिले एक व्यक्तिले यौनकर्मी महिलालाई मारेका थिए । उनले ती यौनकर्मी महिलालाई आफ्नो कारभित्र मारेका थिए । उनले ती महिलासँय शारीरिक सम्बन्ध पनि राखेका थिए । त्यसपछि लाशलाई गाडेका थिए । उनले यो घटनाबारे आफ्नी त्यतिबेलाकी श्रीमतीलाई पनि भनेका थिए । तर, उनकी पत्नीले यसबारे पुलिसलाई कैयौं वर्षपछि मात्रै सत्य बताइन् ।
सत्य पुलिसले थाहा पाएपछि अहिले आरोपीलाई पक्राउ गरिएको छ । आरोपी विरुद्ध अदालतमा सुनुवाइ सुरु भएको छ । यो घटना अमेरिकाको कोलोराडो स्प्रिङस अल पासोको हो । डेलीस्टारका अनुसार यी व्यक्तिको पहिचान ४६ वर्षका जोएल होलेन्डार्फरको रुपमा भएको छ । उनले १९ वर्षकी कारा निकोलसको हत्या गरेका थिए । निकोलसका पिताले २०१२ मा उनी हराएको रिपोर्ट दर्ता गराएका थिए । जाँचका क्रममा शंका लागेपछि २०१४ मा अनुसन्धान टोलीले आरोपी जोएलको जमिनमा प्रशिक्षित कुकुरबाट खोजी पनि गरेको थियो तर त्यतिबेला केही भेटिएको थिएन ।
Arrest Made in Kara Nichols Case
Media Release : https://t.co/beRVpMZ9Ua pic.twitter.com/z7RE5S8los
— EPCSheriff (@EPCSheriff) February 9, 2022
अदालतमा यो मुद्दामा दायर गरिएको शपथ पत्रका अनुसार आरोपी जोएलले यसबारेमा आफ्ना पितालाई पनि बताएका थिए । पिताको २०१४ मा मृत्यु भएको थियो । उनले पनि पुलिसलाई यसबारे बताएका थिएनन् । जोएलले यसबारे आफ्नी त्यतिबेलाकी पत्नी क्रिस्टिना पार्मरलाई पनि बताएका थिए । क्रिस्टिनाले ८ वर्षसम्म यो कुरा लुकाएर राखिन् । उनको जोएलसँग सम्बन्धविच्छेद भएको थियो ।
जोएलकी पत्नीले सुरुमा जाँच टिमलाई आफ्ना पति हत्यारा भएको बताइनन् जबकि उनलाई यो कुरा थाहा थियो । गत महिना एफबीआइ एजेन्टले उनलाई भर्जिनियामा समाते । सोधपुछको क्रममा क्रिस्टिनाले जोएलले दुर्घटनावश यौनकर्मीको हत्या गरेको स्वीकार गरिन् । त्यसपछि आफ्ना मातापिताको जमिनमै गाडेका थिए । शपथ पत्रका अनुसार कारभित्र शारीरिक सम्बन्धको क्रममा गल्तीवश यौनकर्मीको घाँटी थिचिएर उनको मृत्यु भएको थियो ।







डिसी नेपाल







Facebook Comment