ब्रेकिङः रुसले युक्रेनसँगको सीमामा तैनाथ आफ्ना केही सेनालाई फिर्ता बोलायो

डिसी नेपाल
३ फागुन २०७८ १५:०७

काठमाडौं। रुस र युक्रेनबीच जारी तनावका बीच रुसी रक्षा मन्त्रालयले ठूलो घोषणा गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सीमामा तैनाथ केही सैन्य टुकडीहरु आफ्नो सैन्य अभ्यासमा भाग लिइसकेपछि अब आफ्नो बेसमा फिर्ता गइरहेको घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सीमामा सेना तैनाथ गरेको आशंकाका बीच रुसी सेनाका टुकडीहरु फिर्ता हुनुलाई धेरै महत्वपूर्ण मानिएको छ ।

यद्यपि रक्षा मन्त्रालयले रुसमा ठूलो स्तरका सैन्य अभ्यास जारी रहने पनि बताएको छ । विगत केही महिनादेखि युक्रेनको सीमामा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेर राखेको छ । अमेरिका सहित कैयौं पश्चिमी देशले रुसको यो सेना तैनाथीलाई युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् । यद्यपि रुसले भने यो आरोपको खण्डन गर्दै आएको छ । कैयौं देशहरुले रुसलाई युक्रेनमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *