मस्कले बेचे ५.७ बिलियन डलर बराबरको सेयर
न्युयोर्क। एलन मस्कले गत वर्ष टेस्लाको ५.७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको खुलासा भएको छ। गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) ले देखाएको छ।
यसले मस्कलाई कर लाभ हुने विश्लेषकहरूले बताएका छन्। ‘उनको कर लाभ ठूलो हुनेछ,’ कर नीति अध्ययन गर्ने इन्स्टिच्युट फर पोलिसी स्टडीजका बब लर्डले भने । मस्कले ५ दशमलब ७ अर्ब करको ४० देखि ५० प्रतिश बचत गर्ने लर्डले बताए।
केही समयअघि मस्कले ट्विटरमा एउटा सर्वेक्षणमा टेस्लाको आफ्नो सेयरको १० प्रतिशत बिक्रीबारे सुझाव मागेका थिए । प्रतिकृया दिने अधिकांशले उनले सेयर सो सेयर बिक्री गर्नुपर्ने बताएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment