भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारको घरमा गम्भीर सुरक्षा गल्ती

डिसी नेपाल
४ फागुन २०७८ १३:०४

काठमाडौं। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको घरमा गम्भीर सुरक्षा गल्ती भएको छ । डोभालको घरमा एक व्यक्तिले घुसपैठको कोसिस गरेका छन् । यी व्यक्तिले आज बिहान पौने ८ बजे कार लिएर डोभालको घरभित्र प्रवेश गर्ने कोसिस गरेका थिए । ती व्यक्तिलाई हिरासतमा लिइएको छ । सुरुवाती जाँचमा ती व्यत्तिः मानसिक समस्याग्रस्त जस्तो देखिएको भारतीय मिडियाले जनाएका छन् । ती व्यक्तिसँग सोधपुछ जारी छ ।

पुलसका अनुसार पक्राउ परेपछि ती व्यक्ति केही बर्बराइरहेका थिए । उनले भनिरहेका थिए कि उनको शरीरमा कसैले चिप लगाइदिएका छन् र उनलाई रिमोटबाट नियन्त्रित गरिँदैछ । जाँचमा उनको शरीरमा कुनै चिप भने भेटिएन । यी व्यक्ति कर्नाटकको बैंगलुरुका भएको बताइएको छ । उनको नाम शान्तनु रेड्डी हो । अजीत डोभाललाई जेड प्लस वर्गको सुरक्षा दिइएको छ । यो वर्गको सुरक्षामा १० भन्दा बढी नेशनल सेक्युरिटी गार्डका कमाण्डो र त्यसपछि पुलिसहरु हुन्छन् ।

जेड प्लस सुरक्षामा कूल ५८ जना सुरक्षाकर्मी हुन्छन् जसमध्ये १० सशस्त्र स्टेटिक गार्ड, ६ जना पर्सनल सेक्युरिटी अफिसर, २४ जवान र ५ वाचरहरु हुन्छन् । डोभाल राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुभन्दा पहिले भारतको गुप्तचर एजेन्सी इन्टेलिजेन्स ब्युरोका अधिकारी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *