भारतलाई फुटाएर नयाँ देश ‘उर्दिस्तान’ बनाउन आह्वान

डिसी नेपाल
४ फागुन २०७८ १३:३८

काठमाडौं। भारतमा केही समयदेखि मुस्लिमहरुको पहिरन ‘हिजाब’का कारण विवाद चर्किएको छ । यो विवादमा सिख फर जस्टिस नामक संगठनका प्रमुख गुरपरवंत सिंह पन्नुले मुस्लिमहरुलाई भारत फुटाउन आह्वान गरेका छन् । भारतले किख फर जस्टिस नामक यो संगठनलाई आतंकवादी संगठन घोषित गरेर प्रतिबन्ध लगाएको छ ।

पन्नुले भारतका मुस्लिमको नाममा एउटा भिडियो जारी गरेका छन् । यो भिडियोमा उनले मुस्लिमहरुलाई हिजाब अभियान सुरु गर्न र आफ्नो लागि छुट्टै देश उर्दिस्तान बनाउन आह्वान गरेका छन् । उनले आफ्नो संगठन पनि छुट्टै देश खालिस्तानको लागि लडिरहेको बताउँदै मुस्लिमहरुको उर्दिस्तान बनाउने अभियानको लागि फण्डिङ गर्ने बताएका छन् ।

पन्नुले मोदीको भारतमा हिजाबलाई प्रतिबन्ध लगाइएको बताउँदै भने ‘भारतमा २०० मिलियन मुस्लिम बस्छन् । आज हिजाब छ भोलि यो अजान नमाज र कुरान हुनेछ । मोदीको भारत हिन्दू राष्ट्र बन्न चाहन्छ ।’ पन्नुले मुस्लिमहरुलाई हिजाब रिफरेन्डम अभियान सुरु गर्न र यसको माध्यमबाट उर्दिस्तान नामको नयाँ देश बनाउन आह्वान गरे ।

सिख फर जस्टिस खालिस्तानी संगठन हो जसको मुख्यालय अमेरिकामा छ । २०१९ मा भारतले यो संगठनलाई गैरकानुनी घोषणा गरेको थियो । यो संगठनका सदस्य भारतीय जाँच एजेन्सीको राडारमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *