युक्रेनको रक्षा मन्त्रालय, सेनासहित १० महत्वपूर्ण विभागमा डिडिओस आक्रमण !

डिसी नेपाल
४ फागुन २०७८ १४:११

काटमाडौं। रुस र युक्रेनबीच युद्धको आशंका बढ्दै गइरहेको छ । यही संकटका बीच युक्रेनको महत्वपूर्ण प्रणालीमा साइबर आक्रमण भएको छ । युक्रेनका १० महत्वपूर्ण वेबसाइट ह्याक गरिएको छ । युक्रेनका अनुसार देशको रक्षा मन्त्रालय, सैन्य बल र दुई सरकारी बैंकको वेबसाइटमा साइबर आक्रमण भएको छ । युक्रेनले यसको रुसको हात हुन सक्ने आशंका गरेको छ ।

साइबर आक्रमण युक्रेनलाई निशाना बनाउने कैयौं ह्याकिङ अपरेशनमध्ये एक हो । यो आक्रमण त्यतिबेला भएको छ जतिबेला युक्रेनमाथि रुसको आक्रमणको आशंका लगातार बढिरहेको छ । यद्यपि रुसले यो आरोप अस्वीकार गरेको छ । रुसले हिजो मात्र आफ्ना केही सैनिकलाई युक्रेनको सीमाबाट फिर्ता बोलाएको घोषणा गरेको थियो । तर, पश्चिमी देशहरुले यसको प्रमाण मागेका छन् ।

युक्रेनमा भएको साइबर आक्रमणलाई ‘डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस’ (डिडिओस) आक्रमण बताइएको छ । यसको अर्थ हो कुनै सर्भरलाई लक्षित गरेर त्यसमा इन्टरनेट डेटाको बाढी ल्याइदिनु ताकि सामान्य रुपमा आउने डेटा अवरुद्ध होओस् । युक्रेनका सरकारी तथा निजी बैंकहरुमा पनि साइबर आक्रमण भएपछि बैंकका प्रयोगकर्ताहरुले बैंकको एप नचलेको गुनासो गरेका छन् । यसबाट उनीहरुलाई भुक्तानीमा समस्या भएको छ । युक्रेनले उपभोक्ताहरुलाई उनीहरुको पैसा सुरक्षित भएको विश्वास दिलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *