उडिरहेको जहाजभित्र सर्प हिँडेपछि यात्रु आतंकित
काठमाडौं। एयर एसियाको उडिरहेको विमानभित्र सर्प हिँडेपछि यात्रुहरु आतंकित भएका छन् । जानकारीका अनुसार एयर एसियाको फ्लाइट नम्बर एके ५७४८ क्वालालम्पुरबाट तवाउको लागि उडेको थियो । विमान उचाइमा उडिरहेका बेला विमानको छतसँग जोडिएको लगेज बे नजिकै सर्प देखियो । त्यसपछि यात्रुहरु आत्तिए । घटनाको जानकारी पाइलटलाई दिइयो त्यसपछि विमानको आकस्मिक अवतरण गरियो ।

जानकारीका अनुसार यो सर्प कुनै यात्रुको पाल्तु मानिएको छ जो यात्राको क्रममा ब्यागबाट बाहिर आएको थियो । यो सर्प जमिनबाट विमानमा चढेको हुन सक्ने सम्भावना पनि मानिएको छ । यो घटनामा कसैलाई कुनै नोक्सानी भने भएन । विमानका पाइलट हाना मोहसिन खानले ट्वीटरमा विमानको ओभरहेड ब्यागेज एरिया नजिकै घसिंरहेको सर्पको भिडियो शेयर गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment