केपी ओली, योगेश भट्टराईसहित एमाले नेताविरुद्ध अख्तियारमा उजुरी

डिसी नेपाल
५ फागुन २०७८ १३:३२
2.5k
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ।

अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख दाबी गरिएको छ।

भ्रमण वर्षको नाममा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले आर्थिक अनियमितता गरेको अनेरास्ववियुको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *