१८ वर्षका युवकले एउटा सामान्य माछा समातेर २० मिनेटमा ७० लाख कमाए

डिसी नेपाल
५ फागुन २०७८ १४:३८

काठमाडौं। १८ वर्षका एक युवकले केवल २० मिनेटमा ७० लाख रुपैयाँ कमाए । यति धेरै पैसा कमाउनका लागि उनले एउटा माछा समातेका थिए । त्यो माछा कुनै विशेष प्रजातिको माछा पनि थिएन, सामान्य माछा नै थियो । खासमा यी युवकले माछा समात्ने प्रतियोगितामा भाग लिएका थिए जुन प्रतियोगिता जितेर उनले केही मिनेटमै लाखौं कमाए ।

अस्ट्रेलियाको एबीसी न्यूजका अनुसार यी युवकको नाम जोनो मुरे हो । मुरेले हालै भिक्टोरियाको नागम्बी सहरमा आयोजित गो फिश प्रतियोगितामा भाग लिएका थिए । यहाँ प्रतियोगिता जित्नको लागि मुर्रे कोड नामको सबैभन्दा ठूलो आकारको शिकारी माछा समात्नुपर्ने थियो । यो प्रतियोगितामा सयौं मानिसहरुले भाग लिएका थिए ।

मुरेले २० मिनेटभित्रै सबैभन्दा ठूलो १०५ सेन्टिमिटर लामो मुर्रे कोड समातेर ८० हजार अस्ट्रेलियन डलर (७० लाख रुपैयाँ) पुरस्कार जिते । यो प्रतियोगिताको क्रममा ८ सय ८३ वटा मुर्रे कोड माछा समातिएका थिए तर तीमध्ये कुनैको पनि लम्बाइ मुरेले समातेको माछाको जति थिएन । प्रतियोगितामा मुर्रे कोड र अन्य प्रजातिका गरी कूल २ हजार २ सय ५० माछा समातिएका थिए । प्रतियोगिताको क्रममा २ हजार ५ सय ९४ बियर क्यान पनि खपत भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *