रिसाउने गर्लफ्रेण्डलाई तह लगाउने गजबको काइदा सामाजिक संजालमा भाइरल

डिसी नेपाल
७ फागुन २०७८ ११:२०

काठमाडौं। एक युवकले आफ्नी रिसाइराख्ने गर्लफ्रेण्डलाई सजाय दिन गजबको तरिका निकाले । यो जोडीले आफूहरुको कहानी सामाजिक संजालमा पनि शेयर गरे । उनीहरुको कहानी अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

खासमा ती युवकले आफ्नी गर्लफ्रेण्डलाई गिफ्ट दिनको लागि ३६० डलर (४३ हजार रुपैयाँ) जम्मा गरेर राखेका थिए । तर, जब उनकी गर्लफ्रेण्ड उनीसँग रिसाएर कराउँथिन्, हरेक पटक उनले यो जम्मा भएको पैसाबाट १ डलर काटिदिन्थे । यो क्रम चल्दै गयो । जब भ्यालेन्टाइन डे आयो त्यस दिन उनले जम्मा गरेका ३६० डलरमा केवल ४० डलर (करिब ४ हजार ८ सय रुपैयाँ) मात्र बाँकी रह्यो । अर्थत उनले ३२० डलर (३८ हजार रुपैयाँ) गर्लफ्रेण्ड रिसाएका कारण काटिदिए ।

यी दुईको इंगेजमेन्ट पनि भइसकेको छ । यी युवकले टिकटकमा आफ्नो अनौठो प्रेम कहानीको भिडियो शेयर गरेका छन् जुन भिडियो भाइरल भएको छ । यी युवकको नाम इशाक रमिरेज हो । इशाक अमेरिकाको क्यालिफोर्नियाको सान्ता पाउलामा बस्छन् । उनले भने ‘गत वर्ष मैले ३६० डलर गर्लफ्रेण्डको भ्यालेन्टाइन गिफ्टको लागि जम्मा गरेको थिएँ तर जब उनी मसँग रिसाएर कराउँथिन् मैले यसबाट १ डलर काटिदिन्थें ।’

द इण्डिपेन्डेन्टका अनुसार उनले टिकटकमा त्यो खाम पनि देखाएका छन् जसमा उनले २०२२ को भ्यालेन्टाइन डेको लागि पैसा जम्मा गरेर राखेका थिए । एउटा खाम पैसाले भरिएको छ र अर्को खाम च्यातिएको छ जसबाट उनी पैसा निकालिरहेका देखिएका छन् । उनीहरुको भिडियोमा प्रतिक्रिया दिनेहरुमध्ये केही रमिरेजसँग सहमत देखिएका छन् भने केही असहमत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *