बोराभरी सिक्का पैसा बोकेर स्कुटर किन्न शोरुममा पुग्दा…

डिसी नेपाल
७ फागुन २०७८ १५:४२

काठमाडौं। एक जना व्यक्ति बोराभरी सिक्का पैसा बोकेर स्कुटर किन्न शोरुममा पुगे । सुजुकी ब्राण्डको स्कुटर किन्न शोरुम गएका यी व्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भारतको असममा यी व्यक्तिले स्कुटर किन्नको लागि यो पैसा कैयौं महिना लगाएर जम्मा गरेका थिए ।

असमका युट्युबर हिरक जे दासले यो कहानी सामाजिक संजालमा शेयर गरेका छन् । उनका अनुसार पेसाले पसले यी व्यक्तिलाई आफ्नो सपनाको स्कुटर किन्नु थियो । यसको लागि उनी महिनौंदेखि खुत्रुकेमा सिक्का पैसा जम्मा गरिरहेका थिए । हालै जब स्कुटर किन्न पुग्ने पैसा जम्मा भएपछि उनी पैसा लिएर शोरुम पुगे ।

यद्यपि ती व्यक्ति जसरी स्कुटर किन्न शोरुममा पुगे त्यो निकै रोचक थियो । उनी आफूले बचत गरेका सिक्का बोरामा भरेर बोरा बोकेर शोरुम पुगेका थिए । भिडियोमा यी व्यक्ति शोरुम पुग्दा त्यहाँ भएका मानिसहरु अचम्ममा परेको देख्न सकिन्छ । कैयौं मानिसहरु उनको सिक्काले भरिएको बोरा उठाउने कोसिस गरिरहेका पनि देख्न सकिन्छ ।

शोरुमका स्टाफलाई यी सिक्का गन्न निकै समय लाग्यो । जानकारी अनुसार यी व्यक्ति १ रुपैयाँ, २ रुपैयाँ र १० रुपैयाँका सिक्का लिएर शोरुममा गएका थिए । पैसा दिने र कागजी काम पूरा गरेपछि ती व्यक्तिलाई स्कुटर दिइएको छ । यसको एउटा भिडियो पनि युट्युबमा शेयर गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *