पोर्नस्टारसँग माया बसेपछि बिहे त गरे तर…

डिसी नेपाल
८ फागुन २०७८ १५:२१

काठमाडौं। पोर्नस्टार रहेकी ३६ वर्षकी शेनन रोजले आफ्नो जीवनको संघर्षबारे बताएकी छिन् । उनका अनुसार उनले पहिले एडल्ट उद्योगमा काम गरेकै कारण उनका पति ट्रेविस डीनको जागिर गयो । पतिका परिवारले उनलाई घरबाट पनि निकालिदिए । अहिले यो जोडीले एउटा भ्यानमा आफ्नो जीवन बिताइरहेका छन् । यद्यपि शेनन र ट्रेविसले अझै हार मानेका छैनन् ।

यो जोडीले अनेकौं विरोध र बाधाहरुका बावजुद आफ्ना बच्चाहरुसँग शान्तिपूर्ण जीवन बिताइरहेका छन् । डेलीस्टारसँग कुरा गर्दै अमेरिकाको शेनन रोजले बताएअनुसार उनी सानै छँदा उनका पिताले उनकस् आमासँग छुट्टिएर अर्को बिहे गरेका थिए । शेननकी सौतेनी आमाले उनलाई शारीरिक र मानसिक रुपमा प्रताडित गर्न थालिन् जसका कारण शेनन मानसिक रुपमा तनावग्रस्त रहन थालिन् । उनको बाल्यकाल निकै कठिनाइमा बित्यो ।

कठिन परिस्थिति र खराब मानसिक स्थितिका कारण अगाडि गएर युवा अवस्थामा शेनन रोज बाल वेश्यावृत्तिमा फसिन् । जब उनी १८ वर्षकी भइन् त्यसपछि एउटा क्लवमा स्ट्रिपर बनिन् । यसको केही समयपछि उनले वयस्क उद्योगमा काम गर्न सुरु गरिन् । यहाँ उनले करिब १० वर्ष काम गरिन् । यद्यपि यस बीचमा उनी उद्योग छोड्न र आफ्नो परिवार सुरु गर्न पनि चाहन्थिन् ।

त्यही समयमा एक डेटिङ साइटमा उनको भेट ट्रेविससँग भयो । केही दिनको कुराकानीपछि ट्रेविस र शेननमा प्रेम भयो । यद्यपि शेननको अतीत थाहा पाएपछि ट्रेविसको परिवार उनीहरुको बिहेको विरुद्ध भए । तर, विरोधका बीच ट्रेविसले शेननसँग बिहे गरे । जब ट्रेविसको परिवारले यसबारे थाहा पाए त्यसपछि उनलाई पारिवारिक व्यवसायबाट उनको जागिर खोसियो र उनलाई घरबाट निकालियो ।

यो घटनापछि निराश हुनुको सट्टा उनीहरुले एक अर्काको हात बलियोसँग समाते । ट्रेलिसलाई आफ्नी पत्नीको अतीत थाहा थियो । तर पनि उनको माया भने कम भएन । उनीहरुले युट्युबमा आफ्नो जीवनको संघर्षको बारेमा भ्लग बनाउन सुरु गरे । बस्नको लागि उनीहरुसँग एउटा भ्यान छ । उनीहरु यसैमा यात्रा गरेर आफ्नो जीवनका भोगाइहरु युट्युबमा शेयर गर्छन् । अहिले उनहिरुका २ बच्चा पनि छन् र उनीहरु पनि भ्यानमै बस्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *