पार्टीभित्र सहमति भएरै एमसीसी टेबुल भएको होः मन्त्री झाँक्री

डिसी नेपाल
८ फागुन २०७८ १७:४७

काठमाडौं । सहरी विकासमन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सैद्धान्तिक सहमति भएर नै एमसीसी टेबुल गर्न सरकारलाई सहयोग गरेको बताइन् ।

उनले एमसीसी सदनमा टेबुल गर्न पार्टीभित्र सहमति भएको बताइन् । ‘आज सदनमा टेबुल भयो, परिमार्जनको विषय सदनमा उठ्ला, पार्टीको संसदीय दलको बैठक बसेर यसबारे रणनीति बनाउँछौ, यसबारे छलफल गर्न पर्याप्त समय छ, एमसीसी सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक रूपमा सहयोग गरेकोले सरकारबाट बाहिरिने भन्ने हुँदैन,’ उनले भनिन् ।

विरोधमा भ्रातृ संगठनको नाराजुलुस

सदनमा एमसीसी टेबुल गर्ने निर्णय सार्वजनिक भएलगत्तै यसको विरोधमा रहेका विभिन्न राजनीतिक दल तथा भ्रातृ संगठनले नयाँ बानेश्वरस्थित संसद भवनबाहिर नाराजुलुस गरेका छन् । विरोध प्रर्दशनले काठमाडौं उपत्यकाको सडक र सवारी सञ्चालन दिनभर अस्तव्यस्त बनेको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा एमसीसी टेबुल गर्ने सहमति जनाएर निस्कन नपाउँदै उनकै पार्टीनिकट युवा तथा विद्यार्थी संघ पनि सडकमा विरोध गरिरहेका थिए । यस्तै, माओवादी केन्द्रको भ्रातृसंगठन पनि सडकमा उत्रिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *