भ्यालेन्टाइन डेमा गर्लफ्रेण्डसँग डिनर, बिल नतिरी भागेपछि रेष्टुरेण्ट मालिकले जे गरे…

डिसी नेपाल
९ फागुन २०७८ १३:२०

काठमाडौं। भ्यालेन्टाइन डेको दिन एक जोडी रेष्टुरेण्टमा रोमान्टिक डिनर डेटमा गए । उनीहरुले खाना खाए र वाइन पनि पिए । यसको बिल करिब १७९ पाउण्ड (करिब ३० हजार रुपैयाँ) को बनेको थियो । तर, त्यो जोडीले पैसा तिरेनन् र त्यहाँबाट भागे । त्यसपछि रेष्टुरेन्ट मालिकले फेसबुकको सहारा लिए र जोडीको बिल सार्वजनिक गरिदिए ।

उनले बिल सार्वजनिक गर्दै यो बिल तय समयभित्र तिर्न ताकेता पनि गरे । उनले यसको जानकारी पुलिसलाई पनि दिए । अर्कोतर्फ सामाजिक संजाल युजरहरुले रेष्टुरेण्ट मालिकसँग यो जोडीको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् । डेलीमेलका अनुसार बेलायतको नर्थ योर्कशायरमा रहेको द मिल नामको रेष्टुरेन्टले जोडीको बिल सार्वजनिक गरेको हो । यो बिल २ भागमा थियो ।

यो जोडीले थाइ ग्रिन करी, ४ वाइनको बोतल र अन्य खानेकुरा लिएका थिए । बिलमा नाम भने थिएन । रेष्टुरेन्टले पछि १६ फेब्रुअरीमा यो बिल एक अज्ञात महिलाले आएर तिरेको जानकारी दिएको छ । यी महिला ती युवककी गर्लफ्रेण्ड नै भएको मानिएको छ । रेष्टुरेण्टका स्टाफका अनुसार सम्बन्धित पुरुषसँग सम्पर्क पनि गरिएको थियो । उनले अहिले आफूसँग पैसा नभएकोले तलब आएपछि दिन्छु भनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *