श्रीमान धनी थिएनन् तर भ्यालेन्टाइन डेमा श्रीमतीलाई ८० करोड रुपैयाँको गिफ्ट कसरी दिए ?

डिसी नेपाल
११ फागुन २०७८ १२:२२

काठमाडौं। श्रीमान धनी थिएनन् तर उनले आफ्नी श्रीमतीलाई भ्यालेन्टाइन डेमा करिब ८० करोड रुपैयाँ बराबरको गिफ्ट दिए । खासमा यी श्रीमानले एउटा लट्रीको टिकट किनेका थिए । उनले भ्यालेन्टाइन डेको ठिक अगाडि त्यो टिकटबाट १० मिलियन डलर जितेको थाहा पाए । त्यसपछि उनले जितेको पूरै रकम आफ्नी पत्नीलाई गिफ्ट दिए ।

लट्रीमा १० मिलियन डलर (१ अर्ब २० करोड रुपैयाँ) परेको थियो । यो पैसा लिने २ विकल्प थिए । पूरै १० मिलियन डलर पनि पाउन सकिन्थ्यो तर यो पूरै रकम एक पटकमा नभइ पटक पटक गरेर ३० वर्षमा पाइन्थ्यो । दोस्रो विकल्पअनुसार एकै पटक सबै पैसा लिन चाहेका ६.५ मिलियन डलर पाइन्थ्यो । उनकी पत्नीले एकै पटक पैसा पाउने दोस्रो विकल्प रोजिन् । जसअनुसार उनले करिब ८० करोड रुपैयाँ पाइन् ।

जोडीको यो अनौठो कहानी अमेरिकाको भर्जिनियाको हो । डेली मिररमा प्रकाशित समाचार अनुसार यति ठूलो रकम उपहार पाउने महिलाको नाम मारिया चिकास हो । उनी भर्जिनियाको हेमार्केटमा बस्छिन् । मारिया होममेकर हुन् । उनका पतिले उनलाई एक्सट्रिम मिलियन्स स्क्र्याचर टिकट गिफ्ट दिएका थिए जुन टिकटमा यति ठूलो रकम परेको थियो ।

स्थानीय टेलिभिजन च्यानल डब्लुटिभीआरका अनुसार मारियाले लट्री अधिकारीहरुसँग कुरा गर्दै आफ्ना पतिले कुनै रकम नजितेको र उनले मजाक मात्र गरेको जस्तो आफूलाई लागेको बताएकी थिइन् । तर पछि भर्जिनिया लट्रीको सामाजिक संजाल पृजमा मारिया चिकासले ठूलो रकम जितेको खबर शेयर गरियो । गत हप्ता मारियाले जितेको रकमको चेक पनि प्राप्त गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *